काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहराहरु र त्यसमा चलाइएका पसलहरू हटाएको हो ।
तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए ।
बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।