२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्धा दायर गरेको छ ।

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३०,००० घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा मिति २०७९ साउन १८ गते नियन्त्रणमा लिइएको थियो ।

‘अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, महाराजगन्जकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.३०,०००।– लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज बिन्दु श्रेष्ठ प्रधानलाई बिगो रु.३०,०००।–(तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।