बाढीपहिरो प्रभावितको लागि राहत बोकेर वाइसीएल दार्चुला प्रस्थान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाढीपहिरो प्रभावितको लागि राहत बोकेर वाइसीएल दार्चुला प्रस्थान


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । शुक्रबार रातीको अविरल वर्षापछि दार्चुलामा आएको बाढीपहिरो प्रभावितहरूलाई राहत वितरणका लागि यूथ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको टिम त्यसतर्फ प्रस्थान गरेको छ । 

भीषण वर्षापछि दार्चुलाको महाकाली नगरपालिका लासुखोला बाङ्गाबगर र नौगाड गाउँपालिकामा आएको बाढीपहिरोले निम्त्याएको जनधनको क्षतिमा परेको जनताको उद्धारका लागि वाइसीएल नेपालको टिम त्यसतर्फ लागेको हो । 

राहत वितरणका लागि चामल, कम्मल, टेन्टलगायतका सामग्री लिएर वाइसीएल केन्द्रीय कार्यालयको तर्फबाट ४ प्रतिनिधि गएको वाइसीएल केन्द्रीय सचिव एवं सुदूरपश्चिम संयोजक शिव बोगटीले बताए । 

बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयको घर टहरा बनाउन तथा अन्य उद्धारका काममा वाइसिएलले एक दिन श्रमदान गर्ने कार्यक्रम पनि रहेको संयोजक बोगटीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस