काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि (सोमबार) सम्म सक्ने तयारी गरेको छ।
सिफारिस समितिमा रहेका नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको बयान लिने बताए।
‘आज र भोलि हामी चोलेन्द्रशमशेरको बयान लिन्छौँ’, विश्वकर्माले भने, ‘हामीले हाम्रा प्रश्नहरूको लिखित जवाफ पनि मागेका छौँ। जति प्रश्न बाँकी रहन्छन् ती सकेसम्म सिध्याउने तयारी छ।’
समितिले आज पनि बयानका लागि राणालाई सिंहदरबारस्थित समितिको कक्षमा डाकेको छ।
प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुनै लाग्दा प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले राणा माथिको छानबिन प्रतिवेदन कहिले बुझाउँछ भन्ने यकिन छैन।