२४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने, कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस