२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिसडोलकै फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

अ+ अ-

काठमाडौँ । असार महिना लागे यता सिसडोलको फोहोरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहोर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ ।

नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) सम्म फोहोर लैजानका लागि यसअघि फोहोर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहोर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।

बञ्चरेडाँडामा केन्द्रमा फोहोर विसर्जन गर्न थाल्दा काठमाडौँ उपत्यकावासीमा फोहोरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो ।

अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहोर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहोरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहोर लैजान अवरोध सिर्जना गरिरहेको छ ।

सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौंको फोहोर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहोरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चाररपाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् ।

उपत्यकाबाट फोहोर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा पुर्‍याउनुपर्छ । खासगरी त्रिशुली(बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ ।

दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहोरको गाडी रोकिने गरेको छ ।

तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ ।

सिसडोलको फोहोरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताइन् । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहोरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘सडक साँघुरो छ । फोहोरको डङ्गुर माथि लैजानुपर्छ ।’

नयाँ केन्द्रमा फोहोर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताइन् । पहिले निर्माण गर्दा यो सडक पनि बस्तीभन्दा टाढा बनाइएको भए पनि बाटो बनेपछि बस्ती सडक छेउमै सरेको उनले बताइन् ।

‘फोहोर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो’ उनले भनिन् ।

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहोर नियमित जान सकिरहेको छैन । दैनिक चाररपाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहोर प्रभावित हुने र समस्या बढ्ने उहाँले बताउनुभयो । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहोर बञ्चरेडाँडा लगिएको थियो । ‘बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ’ उनले भनिन् ।