२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् ।

लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले भने, ‘समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ क्षेत्रको धेरै ठूलो भूमिका रहन्छ, त्यसतर्फ तपाईहरुको ध्यान केन्द्रित रहन सकोस्, तपाईहरुले चाल्ने कदमले हाम्रो समाजलाई अगाडि बढाउनसक्छ भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे । इञ्जिनीयरिङ विषय अध्ययरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा रचनात्मक कार्यलाई कसरी व्यावसायिक बनाई बजारीकरण गर्न सकिन्छ भन्नेतर्फ पनि सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

लोकस, प्राविधिक महोत्सव इलेक्ट्रिकल इञ्जिनीयरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनीयरिङ विभाग, आइओइ, पुल्चोक क्याम्पसका स्नातक विद्यार्थीको नेतृत्वमा रहेको शैक्षिक संस्था हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सूचना, प्रविधि तथा सञ्चार विज्ञ ई दिपेश विष्टले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको योजना पूरा गर्न इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

लोकस विद्यार्थीका लागि नेपालको सबैभन्दा विज्ञान तथा प्राविधिक महोत्सव बनेको अध्यक्ष टपेन्द्र पाण्डेयले जानकारी दिए ।

सन् २००३ मा स्थापित लोकसको सुरुआत भएदेखि नै नेपालभरका स्कुलदेखि कलेज र विश्वविद्यालयका युवा र उत्साही विद्यार्थी वर्गका लागि प्रविधिका क्षेत्रमा आफ्नो असाधारण सीप प्रदर्शन गर्नका लागि खुला मञ्च भएको उनको भनाइ छ । यसले वार्षिकरुपमा एक राष्ट्रिय प्राविधिक महोत्सव गर्दै आएको छ ।