तिव्र आलोचना पछि अन्ततः मोबाइल बाड्ने निर्णय फिर्ता लिए काठमाडौंका मेयरले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तिव्र आलोचना पछि अन्ततः मोबाइल बाड्ने निर्णय फिर्ता लिए काठमाडौंका मेयरले


प्रशासन विशेष ब्युरो

९ असार २०७४, शुक्रबार


काठमाडौं । सर्वत्र आलोचना पछि महानगरका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्कालका लागि रोकिएको छ ।

काठमाडौं महानगरको केही दिन अघि बसेको दोस्रो बैठकले ३० हजारसम्मको मोबाइल बाड्ने निर्णय गरेको थियो जसको चौतर्फी आलोचना भएपछि अन्ततः काठमाडौंका मेयर पछि हटेका छन् ।

महानगरको शुक्रबार बसेको बैठकले वृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने एक बुँदे निर्णय जारी गर्दै विविधमा भनिएको छ: ‘कार्यालयकै स्वामित्वमा सार्वजनिक सम्पत्तिको रुपमा रहने गरी असल नियतका साथ मोवाइल फोन प्रयोग गर्न बढीमा रु ३०००० खर्च निकास दिने निर्णय भएकोमा सो निर्णय हालसम्म कार्यान्वयनमा भइ नसके कै अवस्थामा उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने ।’

 

हेर्नुहोस् विज्ञप्ती

 

र यो पनि,

स्मार्ट सिटीको सपना स्मार्ट मोबाइलमा परिणत भएपछि

प्रतिक्रिया दिनुहोस