एसइईमा ३.२० जिपिए ल्याउने विद्यार्थीलाई मासिक ४ हजार दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसइईमा ३.२० जिपिए ल्याउने विद्यार्थीलाई मासिक ४ हजार दिने


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ३.२० जिपिए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजार दिने भएको छ ।

अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।

शैक्षिक पलायन, बसाइसराइ जस्ता प्रमुख समस्याहरूलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले नगरपालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

यस कार्यक्रमले यहाँका नगरिकहरुले आफ्ना छोराछोरीहरूको भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ ।

तोकिएको अङ्क ल्याएका विद्यार्थीहरू रेसुङ्गा नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ ।

नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसइई)०७८ को नतिजामा ३.२० देखि माथि जिपिए ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आगामी शैक्षिक सत्रदेखि निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ ।

रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसइई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जिपिए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस