२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधा दर्जन जातीलाई भत्ता नदिन सरकारको परिपत्र

अ+ अ-

काठमाडौँ । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूलाई भत्ता नदिन परिपत्र गरेको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै पटवा, विल्टाउ, विन(मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको हो । 

पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही), लोहार र गोढया थर भएका व्यक्ति दलितमा सूचीकृत नभए पनि अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए भने कतिपय स्थानीय तहले भत्ता दिने कि नदिने भनेर सुझाव माग गरेपछि विभागले परिपत्र गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जाती अनुसूची विवरण बमोजिमका जात र थरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहले ती जातीलाई सामाजिक सुरक्षा भत्ता दिने कि नदिने भन्ने अन्योलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको हो ।

यसअघि ती जातीका व्यक्तिलाई स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिइरहेका थिए । तर केहीले दिने, केहीले नदिने भइरहेको अवस्थामा विभागलाई राष्ट्रिय दलित आयोगले आयोगमा सूचीकरण भएका जातीलाई मात्रै भत्ता दिनु भनेपछि विभागले यस्तो परिपत्र गरेको हो ।