३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेबल-टेबलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिन सचिव-मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरि ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबल टेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार मन्त्री र सचिवहरूको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले जनताले सरकारबाट पाउने सुविधाहरू सहज र चुस्त रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् । ‘तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिएका छन् । इन्धनको मुल्यबृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधनको सुविधा पाए नपाएको लगत हेरेर कटौती गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तयारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । विद्युत् खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्ने लगायतका कामहरू सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।

बैठकमा सरकारका सबै मन्त्रीहरूले आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस