२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा 

अ+ अ-

काठमाडौँ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार एक सय २७ वटा उद्योगबाट उत्पादित नमुना परीक्षण गर्दा दुई सय २४ वटा नमुना खान नमिल्ने पाइएको जनाउँदै यीमध्ये एक सय १५ वटा उद्योगलाई मुद्दा नै दायर गरिएको जानकारी दिएको छ । 

जसमध्ये खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा, दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएका १९ वटा, दाना उत्पादन गर्ने १८ वटा, पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै चिया÷कफी उत्पादन गर्ने ८, फलफूल तथा सागपात सम्बन्धी ७ वटा, मसला उत्पादन गर्ने ५ वटा, गुलियो पदार्थ उत्पादन गर्ने ३, तेल तथा घ्यूजन्यको २ वटा, सोयासस उत्पादन गर्ने एक र अन्य ८ वटा उद्योग गरी  ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । 

विभागले गरेको बजार अनुगमनका क्रममा एक वर्षमा १४ दशमलव ५ प्रतिशत होटेल/रेस्टुरेन्टले गुणस्तरहीन सेवा दिएको भेटिएको छ । विभागले गत वर्ष ६ सय ३६ वटा होटेल र रेस्टुरेन्टको स्तरीकरण परीक्षण गरेकोमा सेवाका आधारमा गरिएको स्तरीकरणका क्रममा साढे १४ प्रतिशत अर्थात् ९२ वटा होटेल र रेस्टुरेन्टले दिने सेवा गुणस्तरहीन रहेको पाइएको हो ।

यस्तै, १७ वटा अर्थात् दुई दशमलव ७ प्रतिशतले अति उत्तम सेवा दिँदै आएको पाइएको छ भने एक सय तीन वटा अर्थात् १६ दशमलव २ प्रतिशत होटेल रेस्टुरेन्टले उत्तम, दुई सय ३८ अर्थात् ३७ दशमलव ४ वटा होटेल रेस्टुरेन्टले सन्तोषजनक सेवा दिइरहेको पाइएको विभागले जनाएको छ । यसबाहेक एक सय ८६ वटा होटेल रेस्टुरेन्ट अर्थात् २९ दशमलव ३ प्रतिशतले सामान्य किसिमको गुणस्तरसहित सेवा दिइरहेको विभागको भनाई छ ।