गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ। गुल्मीको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडा नम्बर-६ बस्ने ३८ वर्षका टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

घटनास्थल सुरक्षित राखेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामा खसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस