२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई छिट्टै पठाउन रावलको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउन आग्रह गरेका छन् ।

मन्त्रिपरिषदले एसपीपी अस्वीकार गर्ने भनी गरेको निर्णय छिटोभन्दा छिटो अमेरिकालाई पठाउन उनले आग्रह गरेका छन् ।

तर संसदीय समितिले पटकपटक निर्देशन दिँदा पनि सरकारले अमेरिकालाई उक्त पत्र नपठाउनुले गम्भीर आशङ्का उब्जाएको नेता रावलको भनाइ छ ।

आज (बुधबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।

सांसद रावलले भनेका छन्, ‘पत्र नपठाउनु गम्भीर आशङ्काको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडि एसपीपीको सम्बन्धमा जुन १० बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ । यदि यो चर्चा असत्य हो भने म उहाँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुटो साबित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’

सांसद रावलले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशङ्का पनि व्यक्त गरेका थिए ।