२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार अर्ब १७ करोड राजस्व सङ्कलन

अ+ अ-

बनियानी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए ।

आव २०७८/७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदाता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ ।

भद्रपुर कार्यालयबाट रु तीन अर्ब सात करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत रु ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत रु ५२ करोड ८९ लाख ७० हजार गरी कूल रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयले आयकरबापत रु एक अर्ब ८७ करोड ३१ लख ५८ हजार, बहाल करबापत रु चार करोड २० लाख ४४ हजार, ब्याज करबापत रु ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ७० करोड सात लाख १० हजार, अन्तःशुल्कबापत रु ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत रु ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न सात शीर्षकमा कर सङ्कलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत रु १० लाख ९० हजार ६९० राजस्व सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताए ।

‘सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शतप्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ’, उनले भने, ‘समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।’

करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरुसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ छ ।

ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।