काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले भारतमा आयोजना हुने लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
आगामी सेप्टेम्बर अक्टोबरमा हुने लिगका लागि सार्वजनिक पोस्टरमा लेजेन्ड्स लिग क्रिकेटले पारसको नाम पनि सार्वजनिक गरेको हो ।
उक्त पोस्टरमा पारस लगायत विश्वभरका सात खेलाडीले लेजेन्ड्स लिग खेल्ने उल्लेख गरिएको छ ।
विश्वभरका चर्चित पूर्व खेलाडीहरू सम्मिलित हुने यस प्रतियोगिताको पहिलो संस्करण ओमानमा आयोजना भएको थियो ।
वल्ड जायन्ट, एसिया लियोन्स र इन्डिया महाराजा गरी तीन टिमले प्रतिस्पर्धा गरेका थिए ।
जसको उपाधि वल्ड जायन्ट्सले जितेको थियो भने एसिया लियोन्स दोस्रो भएको थियो ।
