आर्थिक वर्ष २०७८-०७९ मा हालसम्मकै उच्च ६ लाखले लिए स्वीकृति, पहिलो रोजाइमा साउदी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आर्थिक वर्ष २०७८-०७९ मा हालसम्मकै उच्च ६ लाखले लिए स्वीकृति, पहिलो रोजाइमा साउदी


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । आर्थिक वर्ष २०७८-०७९ मा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघेको छ। 

असार ३० गतेसम्मको वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार ६ लाख २८ हजार ५०३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन्। यो संख्या आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्मकै उच्च भएको विभागले बताएको छ।

विभागको तथ्याङ्क अनुसार चार वर्ष निरन्तर ओरालो लागेको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष बढेको देखिएको छ । आर्थिक वर्ष २०७४-०७५ मा पाँच लाख ७९ हजार ७२१ पुरुष र ३२ हजार ९६४ महिला गरी ६ लाख १२ हजार ६८५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको देखिन्छ। 

आर्थिक वर्ष २०७३-०७४ को तुलनामा आव २०७४र०७५ मा वैदेशिक रोजगारमा जानेको संख्या २९ हजार ४११ कम थियो। त्यसयता २०७७-०७८ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै गएको तथ्याङ्कले देखाउँछ। 

यस्तै आर्थिक वर्ष २०७८-०७९ मा नेपाली युवाहरूले लिएको श्रम स्वीकृतिका आधारमा विभागले दस प्रमुख गन्तव्य मुलुकको सूची तयार गरेको छ। सूचीअनुसार पहिलो रोजाइमा साउदी अरब परेको छ। साउदी जान सबैभन्दा धेरै, एक लाख ८८ हजार ३९८ जनाले श्रम स्वीकृति लिएका छन्। 

साउदीपछि धेरे नेपाली कतार पुगेका छन्। कतारका लागि एक लाख ८४ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसपछि क्रमशः संयुक्त अरब इमिरेट्स ९युएई०, कुवेत, मलेसिया, बहराइन, रोमानिया, जापान र क्रोएसिया परेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस