विराटनगर । प्रदेश-१ नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठक बोलाए हुन् । दलहरू नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाए ।
सभामुखले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।