अब ३ सय डलर माथिको मोबाइल आयातमा थप कडाई  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब ३ सय डलर माथिको मोबाइल आयातमा थप कडाई 


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ।

सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौ १४ गतेसम्म पुर्‍याउँदै मोबाइल आयातमा थप कडाई गरेको हो। 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो।

यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो। अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस