काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका छन् । उनले त्यो काम सरसर्ती भ्रष्टाचार भएको समेत भनेका छन् ।
श्रीलङ्कामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्टरफाउन्डेसनहरुमा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’
तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उनको दाबी छ । उनले श्रीलङ्कामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका छन् ।
सुशील कोइराला सभापति भएकै बेलामा मैले के.स.बैठकमा भनेको थिएँ “नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो। रोक्नु पर्छ।”
— Dhan Raj Gurung (@dhanrgrg) July 10, 2022
तर यो प्रबृत्ति झनै बढेको छ। श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलुस्।