भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् ।

जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको र त्रासका माझ अध्ययन गरिरहनुपर्ने अवस्था रहेको सुनेपछि प्रधानमन्त्री देउवाले भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको नेविसंघ इकाइ समितिका सचिव विपीन ढुङ्गानाले बताए ।

‘मैले आफैँ पढेको कलेज पनि यही हो । भूकम्पले देशभरि क्षति पुर्‍याएको छ । ती सबै संरचनाको पुनर्निर्माण गरी सबै नेपाली विद्यार्थीले पठनपाठन गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारलाई छ, भेटमा विद्यार्थी नेताहरुसँग प्रधानमन्त्री देउवाले भनेका थिए, यद्यपि राजधानी सहरमै रहेको यति ठुलो र ऐतिहासिक कलेजको पुनर्निर्माण गरी पठनपाठन सहज गराउनुको विकल्प छैन । यो काम तुरुन्तै अघि बढ्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस