२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माले ल्याएको बजेट खारेज नयाँ बजेट पेस गर्न सुवालको माग

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेस गर्न सरकारसँग माग गरेका छन् । 

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको बजेट खारेज गरी नयाँ ल्याउनुपर्ने बताएका हुन् ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए ।

‘नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकहरूलाई कठिन भइरहेको छ । यी दुवै सडकको निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस् । सार्वजनिक वन मासेर भक्तपुर बाघेश्वरीमा खानेपानीको मुहान रहेको भंगेरीडाँडामा रवि खेलमैदान बनाइएको छ । खारेज गरियोस् । मन्त्रिपरिषद्ले एसपीपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदै छ भनी पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन ? गोपनीयता भङ्ग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेस गर्न जरुरी छ, सांसद सुवालले भने ।

अर्थमन्त्री शर्माले बुधबार संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।