२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन

अ+ अ-

काठमाडौँ । सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ ।

दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित तामाङको आज (बिहीबार) बिहान नेपाल क्यान्सर हस्पिटल गोदावरी ललितपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

सिन्धुपाल्चोक लिसंखुपाखर वडा नं २ ह्रिस्याङ्गु घर भएका तामाङ अहिले काठमाडौँको महाराजगन्जमा बस्दै आएका थिए ।

तामाङले सन् १९७३ मे ५ तारिखका दिन १८ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका थिए ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको थियो ।

अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका थिए ।

तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्व कोषाध्यक्ष थिए ।

तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।