२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपतिलाई इन्धनका निम्ति ऋण उपलब्ध गराउन आग्रह

अ+ अ-

कोलम्बो । श्रीलङ्का स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन् ।

दुई नेताले कोलम्बोले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो ।

‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो। विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान सङ्कटलाई पराजित गर्न पनि श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेँ।’ गोटाबायाले भने ।

गोटाबायाले पुटिनलाई श्रीलङ्कामा रुसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन् । ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौँ ।’ उनले भने । श्रीलङ्काको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेष गरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ । ।

यस वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवको सन्दर्भमा परम्परागत रूपमा मित्रवत् रुस-श्रीलङ्का सम्बन्धको प्रगतिशील विकास भएको छ। विज्ञप्तिमा जनाइएको छ ।

जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलङ्काका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलङ्काका लागि रुसी राजदूतले छलफल सुरु गरेको बताएका छन् ।

यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ ।

अभूतपूर्व इन्धन सङ्कटको बीचमा श्रीलङ्काको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य-अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलङ्का सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएपछि यस पालि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।

राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएर रनिल विक्रमासिङ्घेलाई मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोधले राजनीतिक अस्थिरता निम्त्याएको छ।

टापु राष्ट्र विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा सङ्कटमा परेको छ । श्रीलङ्काको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ ।