२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले गर्‍यो आयरल्यान्डविरुद्धको दुई टी-२० सिरीजमा क्लिनस्विप  

अ+ अ-

काठमाडौँ । भारतले दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ। 

जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनायो।

उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। यस्तै पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए। जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे पनि टोलीलाई जिताउन सकेनन् ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उरमान मकिलले समान एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।

भारतका लागि दीपक हुडाले सतकीय इनिङ्स खेले। टी-२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन्। उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १०४ रन बनाए। 

यस्तै सञ्जु स्यामसन ७७ रन बनाउँदा सूर्यकुमार यादवले १५ रन जोड्दा हार्दिक पाण्ड्या १३ रनमा अभिजित रहे। दीनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् ।

आयरल्यान्डका लागि मार्क आदिरले ३ तथा जोस लिटिल र क्रेग याङ्गले समान २-२ विकेट लिए।

यसअघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।