काठमाडौँ । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नं.७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धीविभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका थिए । शिविरमा १५०जना भन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन सङ्घ दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिका सङ्घको साझेदारीमा सम्पन्न भएको थियो ।
ग्लोबल आइएमई ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।