२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै निगमले उक्त प्रस्ताव अघि सारेको थियो ।

सम्बन्धित समाचार : आइतबार सार्वजनिक बिदा दिने सरकारको तयारी, थप छलफलपछि निर्णय हुने

विशेष गरी शहरी क्षेत्रमा कामको चापले गर्दा तनाव केही कम हुने तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन मद्यत गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्धनसमेत योगदान पुग्ने भए पनि इन्धनसँग जोडिएर निर्णय भएको थियो । जुन त्यति तर्कसङ्गत थिएन । र, सरकारले बिना तयारीका बिच लागू गरेपछि यसमा कठिनाइ देखिएको थियो ।

सातामा दुई दिन बिदाको प्रभावकारीताबारे भएको समीक्षाका लागि मुख्य सचिव शङ्करदास वैरागीले बोलाएको सचिवहरूको बैठकमा स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यवहारिक देखिएको निकर्ष निकालिएको थियो ।

सम्बन्धित समाचार : दुई दिन बिदा पुनरावलोकन गर्ने तयारी

परीक्षणका लागि भन्दै सरकारले कार्यालय समय पनि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरेको थियो ।

सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सम्बन्धित समाचार : आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

अन्य देशहरूमा पनि सातामा दुई दिन बिदा दिइँदै आएको छ र त्यो प्रभावकारी पनि देखिएको छ । सरकारी र सेवा प्रवाहको तादम्यता मिलाएकै कारण न त त्यसले सरकारलाई नोक्सानी पुर्‍याएको छ न त सेवाग्राहीलाई नै गुनासो गर्ने ठाउँ । तर नेपालमा भने लहडका भरमा निर्णय हुन्छ र बिना तयारी गरिएको निर्णयले प्रतिफल नदिएपछि फिर्ता लिइन्छ । जुन यसपछिका लागिसमेत आलोचना गर्ने मेलो बन्ने ग रेको छ । यसर्थ कुनै पनि निर्णय गर्नुअघि व्यापक छलफल तथा तयारी गर्न जरुरी छ ।