२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विगतका अधुरा काम पूरा गरी भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने सङ्कल्प पूरा गर्छु : दाहाल

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् ।

आज (मंगलबार) भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने सङ्कल्प पूरा गर्ने बताइन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् ।

आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’

गठबन्धन भित्रै चुनौती भएता पनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमानदार भएको बताउँदै उनले भनिन्, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठुला योजना बुने तापनि भरतपुरमा असफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौँ ।’ उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् ।

यस्तै भरतपुरमा नेपाली काँग्रेसबाट उपमेयरमा विजयी चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताए ।

उनले भरतपुर महानगरको चौतर्फी विकासको लागि नगर उपप्रमुखको रुपमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।