कैलालीमा सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कैलालीमा सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो


७ जेष्ठ २०७९, शनिबार


सुदूरपश्चिम । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले भने, ‘यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाई बुझाइ गरी छाड्नुपरेको छ ।’

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयअनुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए । प्रजि थापाले भने, ‘बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस