२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा मतदान सम्पन्न

अ+ अ-

काठमाडौँ । गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) का अनुसार आज मतदान सम्पन्न भएकामा बारा र रौतहटका मात्रै १३ मतदान केन्द्र रहेका छन् ।

रौतहटको गरुडा नगरपालिका–७, बौधीमाई नगरपालिका–१, २ र ९, गढीमाई नगरपालिका–३ र ६, यमुना माई गाउँपालिका–१ र २, देवानी गोनाही नगरपालिका–२, फतुवाविजयपुर नगरपालिका–७, बाराको बाराको पचरौता नगरपालिका–२ र ४, हुम्लाको चङ्खेली गाउँपालिका–२ र तनहुँको व्यास नगरपालिका–४ का एक–एक मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । हुम्लाको चङ्खेलीमा साँझ ५ बजेसम्म मतदान केन्द्रको हातामा प्रवेश गरेका मतदातालाई साँझ अबेरसम्म मतदातमा सहभागी गराइएको थियो ।

स्थगन भएकामध्ये अछामको साँफेबगर नगरपालिका–१३ मा यही जेठ ६ गतेका लागि निर्वाचन तय भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिका–१ देखि १० सम्म र बूढीनन्दा नगरपालिका–८ मा मतदानबारे निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस