कर्मचारी सन्तति छात्रवृत्तिका लागि दरखास्त दिन अब ३ दिन मात्र बाँकी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारी सन्तति छात्रवृत्तिका लागि दरखास्त दिन अब ३ दिन मात्र बाँकी


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । निजामती कर्मचारीका सन्ततिलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिन अब तीन दिन मात्र बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेकोमा यही वैशाख २६ गते सो अवधि समाप्त हुँदै छ ।

फागुन २६ गते मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ लाई स्वीकृत गर्ने निर्णयसँगै कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति चार वर्षपछि पुनः सुचारु भएको थियो ।

सम्बन्धित समाचार : ४ वर्षदेखि रोकिएको कर्मचारी सन्तति छात्रवृत्ति सुरु हुँदै, सरकारद्वारा निर्देशिका स्वीकृत

सोही निर्देशिका अनुसार मन्त्रालय अन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक सन्ततिलाई अनलाइन दरखास्त आह्वान गरेको थियो ।

सम्बन्धित : निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

यो समाचार तयार पार्दासम्म करिब एक हजारको हाराहारीमा आवेदन परेको मन्त्रालयले जनाएको छ । सामान्यतया: अन्तिम अन्तिम समयमा भर्ने चलनले पनि २६ गतेसम्म यो सङ्ख्या बढ्न सक्ने एक अधिकारीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस