मेवा खुवाउने बहानामा घरमा बोलाएर पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

मेवा खुवाउने बहानामा घरमा बोलाएर पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ


३ बैशाख २०७९, शनिबार


पक्राउ

सन्धिखर्क । अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५९ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भूमिका स्थान नगरपालिका वडा नम्बर ७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस