३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । यही जेठ १४ गतेदेखि बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल–बुटवल)–२०७४ को आज समापन गरिएको छ ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छवटा जिल्ला (पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु) का करिब दुई हजार पाँचसय जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीलाई प्रशसापत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक र उनीहरुका अशक्त परिवारलाई ह्विलचियर वितरण तथा पश्चिमाञ्चल विकास क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवम् निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रधान सेनापति राजेन्द्र क्षत्रीले सम्मेलनको समापन गर्दै बाजुरामा भएको विमान दुर्घटनामा परी दिवङ्गत भएका पाईलट महासेनानी स्व.कैलाश गुरुङको मृत आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाईतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

सम्मेलनका क्रममा पश्चिम पृतना हे.क्वाअन्तर्गतका युनिटले स्थान विशेषको झाँकी, खुकुरी ड्रिल तथा पिटी प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो ।

सोही क्रममा प्रधान सेनापति क्षत्रीले बुटवलमा नवनिर्मित रिपुमर्दनी पेट्रोल पम्पकोसमेत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस