३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या

अ+ अ-

बैतडी । बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।

दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो ।

वि.सं. २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी दिए ।

विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टले भने “विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नुपरेको छ ।”

मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन छोडेको छात्रा धाना भाटले बताए । उनले भने “पानी लागेका बेला विद्यालयमा बस्ने कोठा नै छैनन्, त्यसैले विद्यालय जानै छोडेका छौँ ।”

विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी दिए ।

विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत धौधौ परिरहेको छ, उनले भने “आन्तरिक स्रोतबाट भौतिक संरचना निर्माणको केही काम गर्न सकिएको छैन ।”

जिल्ला शिक्षा कार्यालयले पनि राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनःनिर्माण गर्ने भएकाले आफूहरुलाई समस्या भएको समेत उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस