२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल मतगणना सुरु गर्न एमालेको माग

अ+ अ-

चितवन । नेकपा एमाले चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गरे ।

भरतपुर महानगरपालिका वडा नं. १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको सो अवसरमा जारी विज्ञप्तिमा जनाइएको छ ।

मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भए पनि निर्वाचन अधिकृतले मागलाई सुनुवाइ नगरी गणना कार्य स्थगित गरिएको भन्दै सोको विज्ञप्तिमा विरोध गरिएको छ ।

विज्ञप्तिमा माओवादी निकट केही सामाजिक सञ्जालमा एमालेलाई समेत मुछी भ्रामक कुरा सार्वजनिक गरिएको भन्दै सोको पनि खण्डन गरिएको छ । माओवादी केन्द्र निकट व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत मतपत्र च्यात्ने काम एमालेले गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जिल्ला अध्यक्ष पोखरेलले पुनः मतदान सम्भव नरहेको बताउँदै यस्तो कार्यले दोस्रो चरणको मतदानपछि पनि मतपत्र च्यात्नेलाई प्रोत्साहन गर्ने बताए ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं. वडाको मतगणना अन्तिम चरणमा पुग्दा राति ११ः४४ बजे मतपत्र च्यातिएको हो । वडा नं. २० को मतगणना गर्न बाँकी रहेको छ ।

भरतपुर महानगरमा माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनबाट प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस