२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् कटौतीका कारण नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारमा समस्या

अ+ अ-

पर्सा । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन । विद्युत् प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिंग तालिका बाहेक दिनभरी नै दश/दश मिनेटमा विद्युत् कटौतीले गर्दा उपकरण सञ्चालन गर्न नसकिएका कारण बिरामीले समस्या खेप्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरङ्जन साहले जानकारी दिए ।

उनले अनियमित विद्युत् कटौतीका कारण उपकरण समेत बिग्रिने क्रम बढेको बताए । विद्युत् कटौतीको सबै भन्दा बढी प्रभाव अस्पतालको प्रयोगशालामा परेको छ । विद्युत् कटौतीका कारण प्रयोगशालामा परीक्षण गर्दा समय र लागत दुबै बढेको नारायणी उपक्षेत्रीय अस्पताल प्रयोगशाला विभागका निरीक्षक हरिशङ्कर भगतले बताए ।

दैनिक एक हजार दुई सय भन्दा बढी बिरामीको चाप रहेको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा २५० जना भन्दा बढी बिरामीको रोगपत्ता लगाउन रगत, पिसाबलगायतको एक हजार ३०० भन्दा बढी परीक्षण हुनेगरेको प्रयोगशालाका टेक्निसियन लालबाबु पाण्डेले जानकारी दिए ।

उनले मासिक १४ लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने अस्पतालको प्रयोगशालाको आम्दानी विद्युत् समस्याका कारण घटेर आधा भएको बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर र सीमावती भारतीय क्षेत्रका बिरामीको उपचार गराउने मुख्य थलोको रुपमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नै रहेको छ ।

बिरामीबाट लिएको नमुना विद्युत् समस्याका कारण प्रयोगशालामा परीक्षण गर्न नसक्दा एक दिनको काम तीन दिनसम्म लाग्ने गरेको छ ।

अनियमित विद्युत् कटौतीका कारण उपचारमा समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल व्यवस्थापन संवेदनशील नभएको अस्पतालकै कर्मचारीको भनाइ छ ।

अस्पतालको जेनेरेटर बिग्रिएका कारण भाडामा ल्याएको जेनेरेटरले समेत खासै फाइदा बिरामीले पाउन नसकेका छैनन् ।

विद्युत् समस्याका कारण अस्पतालमा रहेको इन्डोस्कोपिक, एक्सरे, प्रयोगशाला, अपरेसनथिएटर समेतमा समस्या देखिएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस