२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवशको जस्तो जीवन कसैको नहोस् !

अ+ अ-

अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी चलिरहेको हुन्छ । एउटा छुट्टै आफ्नो संसार स्थापना गरेर आफूले भोग्नु परेका जीवनकालमा अन्याय, पिडा र अभावहरुलाई जीवनमा सधैको लागि बिर्सिने गरि मेटाउदै आफू खुशी हुनुका रङ्गहरुलाइ दुनियाँ सामु एकछत्र रूपमा देखाइ दिने, यहि घुमाउरो समयको हुल भित्र बाँचिरहेका जीवनहरु मध्य एक विवशको जीवन पनि उस्तै जालमा अल्झिएको ठानेको छु । त्यसैले हो मैले भन्ने गरेको समय बार्ता ! विवश को जस्तै जीवन कसैको नबनोस् ।

कहिलेकाही यो संकटग्रस्त जीवनको सम्बन्धबाट अलि टाढा रहन खोजेको त्यो कालो जीवनका बिगतलाई नजिक ल्याएर अहिलेका यी मजदुरी खस्रा हातका डोबहरुले सुम्सुम्याउदै माया गरेको बाहानामा अनेक प्रश्न तेर्साउन मन लाग्छ । यदि त्यो निष्ठुरी समयसँग माया, स्नेह, न्याय र खुसिहरु हुँदा हुन् त १ मैले ४ बर्ष को उमेरमा नै मेरो आमाबाट अलग्गीनु पर्ने थिएन । फेरि पनि त्यही समयले थिचोरीरहेको जीवनलाई म मेरो जीवन को १० औ वसन्तलाई कटाएर ११ बसन्तमा प्रवेश हुँदै थिए । फेरि बाबाको कोखबाट सधैको लागि छुट्टिनु पर्ने मेरो जीवनका यी काला दिनहरुलाई नसम्झिन खोज्दा खोज्दै पनि अहिलेको यो समयको हुरिले एकाएक त्यो बिराशत हुने ठाउँसम्म मिल्काएर मलाई परिक्षण गरिरहेको हुन्छ । जीवनका खुट्किलाहरुमा यस्तो लाग्छ म कहिल्यै पास हुन जानिरहेको छैन । झन् यो निष्ठुरी समयले बेला–बेलामा मबाट नै नतिजा को अपेक्षा गरेर मलाई नै त्यही समयको भुमरीमा पार्नु यो समयको दोश होला ? यदि अभाव र पीडाबाट जीवन पास हुने भएदेखि मैले किन ४ बर्ष को उमेरमा आमा र ११ बर्ष को उमेरमै बाबाबाट अलग्गिएर जीवनका संघर्षहरु आँसुसंगै काटिरहनु पर्ने थियो र ?

जब आमा मबाट सधैको लागि छुट्टीएर जानू भो त्यो समय मेरो जीवन मा दुख र पिडाको भारी खासै परेको थिएन । बाबाको मायासँगै लटपटिने बानीले मेरो जीवनको खुसीहरु खोसिनबाट जोगिएका थिए । मान्छेको अभाव पछिका पिडाहरु कस्तो हुन्छन् त्यो पीडा मेरि एक्लि दिदीले भोग्दै थिइन् । दिदी महिनौ दिनसम्म रोइरहेको देखेर म बाबालाई अनेक प्रश्न गरिरहेको हुन्थे । उत्तरमा मेरो बाबाले आमा फेरि फर्केर आउने आशाहरु देखाउनु भएकाले म आमा ढिलो चाडो अबस्य फर्किनेमा आशाबादी थिएँ । मेरो आमा फर्किने आशाले हुनुपर्छ । ती आशाहरु केलाउदै मैले आमाको बाटो हेरिरहेको हुन्थे । साँझ पखको गोधुलि साँझमा त म आमालाइ घरको ओटालीमा बसेर बोलाइरहेको हुन्थे । जब म आमालाइ बोलाउन स्वरलाई चिच्याहाट पार्थे अनि दिदी झन ठूलो स्वरले रुन सुरु गर्नु हुन्थ्यो । दिदीले मलाई हेरेर रोइरहँदा म दिदी को त्यो आँसु देखि आनन्द लिएर हाँसिरहेको हुन्थे । किन कि म सानो हुँदा दिदीलाई रुवाउन खुबै माहिर थिए । दिदिले केही गर्न नसकेर रोएर बस्ने गर्नु हुन्थ्यो । जब कि आमा गुमाउनुको पीडामा मैले एक थोपा आँसु झार्ने समेत सकिन । त्यो बालापनको अन्जानमा आमाको मृत्युुलाई बिश्वास गर्न नसकेर पनि हुन सक्छ । त्यही पीडाले दुखेको घाउलाई अहिलेसम्म निको पार्न सकिरहेको छैन । समयको खेल सँगै चलिरहेको जीवनको कथा ।

आमा मेरि एक्लि थिइन् । आमा गुमाउनुको पीडामा हाम्रो परिवार भित्र कहिल्यै सामुहिक आँसु झरेनन् । त्यो पीडामा मेरो दिदी एक्लै तड्पिरहनुको पीडाले अहिलेसम्म पनि अर्धचेत अबस्थामा बाँचिरहनु भएको छ । परिस्थिति यस्तो थियो गाउँमा हैजा माहामारीको रूपमा फैलिएर गाउँमा मान्छेहरु बस्न मानिरहेका थिएनन् । सबै गाउँ छोडेर भागिसकेका थिए । मलाई मसिनो याद छ, घर भित्र म एक्लै बसिरहेको थिए । दिदी आएर एक्कसी रुन सुरु गर्नु भो बाबाले मलाई च्याम्प छातीमा कसेर आफुले माया गर्ने नामले (यो चैखरो मेरो पासो भो) त्यो बेला यी शब्दमा कुनै महत्व देखिरहेको थिइन आज बेला–बेला शब्द तिरले मुटु घोचिरहेका हुन्छन् ।

र म आफै समालिन खोजिरहेको हुन्छु । मलाई थाहा थिएन । बाबाले आमाको सतगद कसरी गर्नु भो ? धेरै बर्षपछि मात्रै दिदीबाट पत्तो पाए । मेरो बाबाले आमाको पार्थिक शरीरलाई सतगद गर्न नसकेर डोकोभित्र हाली कर्णाली नदिमा बेबारिसे फाल्नु भएको थियो रे ! सायद आज पनि मलाई त्यही नदीको सुसाइ र उसको बगिरहेको रुप हेरिरन मन लाग्छ जहाँ म मेरि आमाका अदृश्य आकृतिहरु चम्किरहेको देख्छु र म आमा सम्झी कर्णालीलाई अङ्गालोमा सधै भरी बेरिरहन पुग्छु । जब–जब त्यो नदिको सुसाइ र त्यसका छालहरु रोकिन पुग्छन म पनि आमा नबोली हिडिरहेकी छिन् जस्तो मानी आमाका अनेक सम्झनाले धरधरी रोइरहेको हुन्छु । त्यसैले हो मैले देखिरहेको मेरि आमा कर्णाली जस्तै शान्त, निश्चल र मन्द छिन् मेरि आमा नबोली आफ्नो आफ्नो बगिरहेकी हुन्छिन् ।

२०५६ साल चैत १२ गते एक महिना अगाडिबाट बिरामी भएर थला पर्नु भएको मेरो बाबा त्यो दिन एकाएक होस् समेत नरहने गरि बोल्न छोड्नु भयो । बाबा बिरामी भएको दिनहरुदेखि मैले स्कुलको मुखसम्म हेर्न छोडिसकेको थिए । त्यो दिन पनि अरु दिन जस्तै गाई चराउन गोठालो बनेर उराठ लाग्दो बनतिर आफ्नो चिन्तित र शोक मग्न मनलाई बराली रहेको थिए । किन हो किन त्यो दिन बनमा धेरै बेर बस्न मन लागिरहेको थिएन । साँझ को ४ बजेको हुँदो हो । घामका किरणहरुले करिब करिब मलाई छोडेर जाने कोसिस गरिरहेका थिए । मेरो शरीरमा पहाडको सिरेटोले चिसो पसाले जस्तै गरि घामका किरणहरु डुब्नै लाग्दा मनभित्र पनि चिसो पसाली रहेका थिए । सुख्खा मरुभूमि जस्तै देखिएको त्यो बन पाखा चैत महिनाको डढेलोले पुरै कालो रुप धारण गरिसकेको थियो । बनलाई डढेलोले खाएर कालो बनाए जस्तै गरि मेरो मनलाई पनि बाबाको पिरले खाएर मन भित्र खुसिहरु सेलाउदै गरेको कालोको राज बसिरहेको थियो । म सोचिरहेको थिए । बाबाको मृत्यु पछिका दिनहरूमा म यो घर भित्र बस्न लायक हुन्छु हुँदिन । त्यो समयले मलाई बताउने छ । यस्तै अनगिन्ती शंकाहरुले घेरिरहेको मेरो मनलाई घरसम्म के पुर्याएको थियो । बाबा हामीबाट सधैको लागि गैसक्नु भएको रहेछ । घर भित्रबाट एकहोरो चिच्याहटको आबाज निष्ठुरीपनले बाहिर निस्किरहेको थियो । जब घर भित्र पसे अनि भित्र कोठाको चुलोको दायाँपट्टि पातलो सेतो कपडाले बाबालाई छोपिएको जब देखे अनि म मेरो भबिश्य समाप्तिको अनेकौं पिडादायी कल्पनाहरु बुनेर बाबाले ताते–ताते गर्दै खेलाएका अनेकौं असिम प्यारहरु केलाउदै म पनि बाबालाई रातभरी कुरेर घरको एक कुनामा बसिरहेको थिए ।

जीवनमा यातनाको चङ्गुलहरुमा मैले अहिलेसम्म कसैलाई बस्न बाध्य पारेको छैन । तर म आफै भने बाबाको मृत्यु पछिका करिब करिब ३ बर्ष निकै कठिन र यातनामय दिनको रूपमा बिताएको छु । मेरो दोस्री आमा र उनैबाट जन्मेका माइलो दाइ र जेठी भाउजूका गालिको शब्दबाणहरुले म जन्मेर बाँच्नुमा कहिलेकाही आफै पछुतो ठानिरहेको थिए । म त्यही समयमा सोचिरहेको थिए । म कि त दोस्री आमाबाट जन्मिएको सन्तानहरु भन्दा पहिला जन्मिनु थियो । कि त बाबाको मृत्युपछि मेरो भागमा पनि बाबाको जस्तै मृत्यु परिदिए हुन्थ्यो । यस्तै यस्तै कल्पनाले त्यो बालापनको दिमागलाई पिरहरुको थुप्रोमुनि थचारिरहेको थियो ।

सायद जेठ महिना थियो । गाउँमा गहुँ काटेर गहुँलाई सपार्न हाम्रो गाउँ घरमा गोरुलाई करिब ४ देखि ५ घण्टासम्म घुमाउनु पर्छ । त्यहाँको स्थानीय भाषामा ९ दाँहाँ हाल्ने भन्छन् । (गोरु घुमाउनको लागि दुई जना अनिवार्य चाहिने गर्छन् । मलाई अघिल्लो दिन देखि जरो आएर उठ्नसम्म सकिरहेको थिइन । ओछ्यानको ओछ्यानमा नै थला परिरहेको थिए । सौतेनी आमा भन्ने गर्छन्) ले कामको अल्छीले हिजोदेखि ओछ्यानमा नै पल्टिरहेको छ । भनेर उहाँको कोखबाट नै जन्म लिएका माइलो दाइलाई भन्नू भएछ । म जरोको बेहोसले पानीसम्म खान सकिरहेको थिएन । घर भित्र पल्टिरहेको थिए । मलाई औषधिको आवश्यकता थियो तर त्यो मेरो लागि बाबाको मृत्यु पछिको दिनदेखि सुन जस्तै महङ्गो र बहुमुल्य बनेको थियो । औषधिको साटो एक्कासि पछाडीबाट सुकेको दाउराले मेरो ढाड सेकिने गरि ४/५ चोट एकहोरो बर्सी राख्यो । जब त्यो सुकेको दाउराको एकहोरो प्रहार बन्द हुन पुग्छ । अनि म मेरो ओछ्यानबाट घिसारिदै गाई बाध्ने आगानमा आइपुग्छु र सुन्न थाल्छु ! सौतेनी आमा र भाउजूको मुखबाट एक होरो गालीका बर्षाहरु । आगनमा बिरामी हुँदा पनि त्यसरी पछारिएको देखेर वरिपरिका मेरा आफन्तहरुले कठैसम्म भनिरहेका थिए र मेरो जीवनदेखि पुकारीरहेका थिए । दुनियाँमा सबै होस् मेरो नाम लिएर भन्दै थिए फलानो जस्तो सौतेनी आमा कहिल्यै नहोस् । तर खुलेर मेरो पक्षमा बोल्न सकिरहेका थिएनन् । अनि मेरो मनसपटलमा बाबाले दिएका असिम प्यार अनि सम्झनाका लहरहरु बेस्सरी उम्लिन थाले र सम्झिन मन लाग्यो ! बाबाका स्नेहका घत लाग्दा क्षणहरु । एक पटक त्यस्तै जरो आइरहेको थियो । बाबाले एक्लै घरमा छोडेर जान नसकेर भैंसी दुहुनको लागि अलि माथी भैंसी गोठमा जानू पर्ने रहेछ । मलाई पिठ्युँमा बोकेर लिनु भो र बोकेर नै ल्याउनु भो । बाबाले दिएका ती मायाको चिनोहरु म १२ बर्ष नपुग्दै सबै खुसिहरु खोसियर अहिले रित्तो जस्तै जीवन बाचिरहेको छु ।

जब गोठालो बनेर गाई चराउन बनतिर निस्किरहेको हुन्थे । अनि मेरा यी दुई आँखाले ओगटेसम्मको आकाश र धर्तीलाई खोतली–खोतली पल्टाएर खोजिरहन मन लाग्थ्यो मेरो बाबा र आमालाई । जब धर्ती नै मेटिने गरि मेरो आँखाको नयनहरु खुम्चिन पुग्छन् । अनि म बाबा र आमा भेटाउन सकिरहेको हुदैन । अनि त्यो उराठ लाग्दो जङ्गलको एक किनारामा बसेर कति दिनहरु त रोएरै गुजारे को छु । आँसुले भिजेर नपुछिएका ती दुखका चिनारीहरु आज मजदुरी जीवनको पसिनाले पखालेर मन सान्त्वना पार्ने बाटो रोजिरहेको छु । आखिर यात्रामा जीवन यसैगरी चल्ने रहेछ ।

कति पटक औसिको रातको झोकले पुर्णिमाको जुनेली रातमा आकाश चियाएर चन्द्रमा दौडिरहेको हेर्ने रहर थियो । कति पटक ताराहरु नाचेर खुसी साटिरहेका एकान्त प्रेमी अभिभावक पिडितका कथाहरु सुन्ने मन थियो । सबै–सबै आज मेरो जीवनसँगै मिल खान पुगेका पुगेका ती कथा र ब्यथाहरु मैले पढ्न जरुरी ठानिन । आखिर म जस्तै पीडा भोगेर जीवन जितेका इतिहास पनि राम्रोसँग मैले घोकेको छु । त्यसैले पीडा अभाव र यातनाको नारकीय जीवन जिउन सिकाउने मेरो अभिभावक जस्तै बनेका ती प्रिय आफन्तमा कोटि, कोटि साँधुबाद ! जसले जीवन के हो ? जीउन पाठ सिकायो र जीवनको अर्थ लेखायो, बाँचिरहने आधार तय गरायो । पीडाले दिएको जीवन बाच्नुमा कत्तिको संघर्ष गर्नु पर्छ, त्यो त भोगेकोलाई मात्रै थाहा हुन्छ । त्यसैले समयसँग सधै भरी प्रश्न गरिरहुँ जस्तो लाग्छ ।

0 Comments