१८ महिने बालिका बलात्कार प्रकरण : झन् चर्कियो आन्दोलन « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

१८ महिने बालिका बलात्कार प्रकरण : झन् चर्कियो आन्दोलन


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । १८ महिने नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेलाई कडा कारबाहीको माग गर्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

बुधवार (आज) सुन्दरहरैँचास्थित गछिया चोकमा महिलाहरूको एउटा समूहले सडक छेउमा प्लेकार्डमा विभिन्न माग राख्दै उभिएर आन्दोलन गरेका थिए ।

मङ्गलवार आन्दोलन गर्ने ११ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना महिला र ५ जना पुरुष रहेका छन्। आन्दोलनकारीहरूले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मङ्गलवार महेन्द्र राजमार्ग अवरुद्ध गरी गरेर आन्दोलन गर्न खोज्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकाको न्यायका लागि सङ्घर्ष समिति गठन भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस