बलात्कार आरोपी सिद्धबाबाविरुद्धको मुद्दा आज सुनवाइ हुन सकेन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बलात्कार आरोपी सिद्धबाबाविरुद्धको मुद्दा आज सुनवाइ हुन सकेन


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सिद्धबाबा कृष्णदास गिरीको मुद्दा बुधवार (आज) उच्च अदालतमा सुनवाइ हुन सकेन ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतबाट सफाई पाएका उनको आज उच्च अदालतमा सुनुवाइ हुन नसकेको हो ।

चलखेल गरेर जिल्ला अदालत सुनसरीबाट थुनामुक्त्त भएका सुनसरीको चतरा धाम स्थित आश्रममा बस्दै आएका गिरीविरुद्धको मुद्दाको पेशी बुधवार उच्च अदालतमा तोकिएको भए पनि हेर्न नमिल्ने भएको भन्दै सुनवाइ हुन नसकेको हो ।

बुधवार उच्च अदालत विराटनगरका मुख्य न्यायधिश तिलप्रसाद श्रेष्ठ र तेजनारायण सिंह राईको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको थियो । तर, मुख्य न्यायधिश श्रेष्ठले सिद्धबाबाको थुनछेक आदेशको मुद्दा हेरेकोले बुधवार संयुक्त इजलासले हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरेका हुन् ।

उच्च अदालतका अनुसार अब सिद्धबाबाविरुद्धको मुद्दाको अर्को पेशी दुई हप्तापछि तोकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस