६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ३५० जनामा संक्रमण पुष्टि

अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ । पछिल्लो समय एक हजार २७२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ । यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

चारको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय सात लाख ६९ हजार ५७६ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।

अहिले होमआइसोलेशनमा १२ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ५२९, आइसीयूमा १४२ र भेन्टिलेटरमा १७ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस