प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस