पोखरा लेखनाथको वडा नं. ७ मा एमाले « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोखरा लेखनाथको वडा नं. ७ मा एमाले


४ जेष्ठ २०७४, बिहिबार


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं. ६ र ८ मा मिश्रित नतिजा आएको छ ।

वडाको पछिल्लो मत परिणामअनुसार वडा नं. ७ मा नेकपा (एमाले)का रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गरे ।

महानगरको वडा नं. ६ मा नेपाली काँग्रेसका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गरे । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

वडा नं. ८ को अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गरिन् । वडामा खुलातर्फका दुई सदस्यमा काँग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा (एमाले)का उमेदवार विजयी बनेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस