२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस चौतारी हुम्लाकाे अध्यक्षमा सिंह चयन

अ+ अ-

सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौँ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ ।

अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सहसचिवमा मोतीलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा तथा सदस्यमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, भोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी, छक्क थापा लगायत चयन भएका छन् ।

यस्तै प्रदेश प्रतिनितिधिमा एकजना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट चयन हुने बताइएको छ ।

नेकपा (एमाले) जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आतिथ्यमा प्रेस चौतारीको जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा एमाले हुम्ला जिल्लाका अध्यक्ष बुमी, नेपाल काँग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा (माओवादी केन्द्र) का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याललगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।