सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जिप चालक भगवतीमाई गाँउपालिका–६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ ।
सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पडाएको प्रहरीले बताएको छ ।