२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटामा अझै भएन कालोपत्र

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ मा सडक कालोपत्रका लागि ठेक्का भएको दुई वर्ष बिते पनि काम अगाडि बढ्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय हुँदै दक्षिण असैनातर्फ जाने सडक कालोपत्रका लागि आव ०७६/७७ मा रु ५३ लाखमा राखी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता भएको एक वर्षभित्रै एक किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले निर्माण अगाडि नबढाएको नगरपालिका–४ का वडाध्यक्ष ज्ञानबहादुर विष्टले जानकारी दिए । ‘नगरपालिका कार्यालयबाट सम्झौताबमोजिमको निर्माण पूरा गर्नका लागि ताकेता गरिँदै आएको छ,’ उनले भने, ‘अझैसम्म निर्माण कार्य अगाडि बढाइएको छैन ।’

निर्माण कम्पनीले दिएको निवेदनअनुसार निर्माण अगाडि बढाउनका लागि गत कात्तिक १६ गते बसेको नगर कार्यपालिकाको ११६औँ बैठकले बैङ्क ग्यारेन्टीको म्याद थप गर्दा समेत कार्य अगाडि नबढाइएको उनको भनाइ छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको उनले बताए । ‘निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण देखाउँदै निर्माणमा ढिलासुस्ती गर्दै आएको हो,’ उनले भने, ‘फोन गरे निर्माण व्यवसायीले चाँडै निर्माण कार्य सुरु हुन्छ भन्छन् । दुई वर्ष बिते पनि कार्य सुरु हुन सकेको छैन ।’

निर्माणको जिम्मा पाएको राखी कन्स्ट्रक्सनका सञ्चालक चन्द्रसिंह कार्कीले बजेटका अभावले निर्माणमा विलम्ब भए पनि चालू आवमा नगरपालिकाले बजेट विनियोजन गरेकाले चाँडै कालोपत्र सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस