सल्यान । सल्यानमा घाँस काट्न गएकी एक महिलाको रूखबाट खसेर मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रूखबाट लडेर मृत्यु भएको हो।
बुधबार (हिजो) बिहान घाँस काट्न गएकी घर्ती दिउँसोसम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी क्रममा घरनजिकैको रूखको फेदमा मृत फेला पारेका थिए।
घर्तीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।