काठमाडौँ । चन्द्रागिरि डाँडामा हिमपात भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य भएको छ ।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ ।







