भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित एक घरमा सोमबार राति एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको लिखु गाउँपालिका ४ स्थायी घर भएका ४० वर्षीय बसन्त बस्नेत झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।
उनी ताथलीस्थित धाराकुलोमा निर्माण गरिएको आफ्नै घरको दोस्रो तलामा भर्याङ छोप्न बनाइएको जस्ताको छानामा रहेको बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
बस्नेतले झुण्डिएर आत्महत्या गरेका छन् भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।







