काँग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ करिब तीन हजार मतगणना (परिणामसहित) « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

काँग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ करिब तीन हजार मतगणना (परिणामसहित)


४ पुस २०७८, आइतबार


काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि करिब तीन हजार मत गणना गरिएको छ।

केहीबेर अगाडी सार्वजनिक पछिल्लो मत परिणामअनुसार डा. शशाङ्क कोइरालाले नै अग्रता कायम राखेका छन्। कोइरालाले दुई हजार चार सय ४२ मत ल्याएर कोइराला अग्रस्थानमा छन्।

कोइरालालाई एनपी साउदले एक हजार ८ सय ९६ मत ल्याएर पछ्याइ रहेका छन्। गृहमन्त्री बालकृष्ण खाँण एक हजार ८५१ मतसहित तेस्रो स्थानमा छन्।

एक हजार ८०८ मत ल्याएर उदयशमशेर राणा चौथो तथा एक हजार सात सय ८२ मतका साथ रमेश लेखक पाँचौँ स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस