चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् ।
उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन गएका थिए । रासस